विरेन रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

Posted on: 23 Jan, 2022

माघ ९, काठमाडौँ | गायक विरेन रसाइलीको स्वर रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो विद्युतीय माध्यमबाट सार्वजनिक भएको छ ।  

गीतमा विजय अधिकारीको सङ्गीत रहेको छ । गीतको रचना दिलीप घिमिरेले गर्नुभएको हो । गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन गर्नुभएको छ । म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदीको अभिनय छ । 

उत्सव दाहालले छायाङ्कन गरेको उक्त भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । प्रकाश धितालको निर्देशनमा बनेको भिडिया ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!