किन भइरहेको छ 'एनिमल' को आलोचना?

Posted on: 04 Dec, 2023

मङ्सिर १८, काठमाडौँ | यतिबेला बलिउड फिल्म 'एनिमल' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। फिल्मले तीन दिनमा २०१ करोड ७६ लाख भारू कमाएको छ।

अभिनेता रणवीर कपूरको मुख्य भूमिका रहेको फिल्ममा अभिनेत्री रश्मिका मन्दाना, बबी देओल, अनिल कपूरको पनि अभिनय छ।

शुक्रबारदेखि फिल्म प्रदर्शन भएपछि दर्शकले स-साना भिडिओ क्लिप सामाजिक सञ्चालमा सेयर गरिरहेका छन्। जसमा फिल्मका पुरुष पात्रले महिला पात्रलाई शारीरिक, मानसिक हिंसा गरिरहेको क्लिप छन्। फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन्। 

कतिपयले  फिल्मलाई राम्रो बताएका छन् भने कतिपयले धेरै हिंसात्मक भएको बताएका छन्। 'एनिमल' को आलाेचना भइरहँदा अभिनेता आमिर खानको एक भिडिओले चर्चा बटुलिरहेको छ।

आमिरले केही वर्षअघि एक अन्तर्वार्तामा हिंसाको कथा राखेर फिल्म चल्छ भन्ने भ्रम निर्देशकलाई रहेको बताएका थिए।

'निर्देशक फिल्मको कथामा हिंसा र सेक्समा निर्भर हुन्छन्, उनीहरूले यस्ता कुरा फिल्ममा देखाउँदा सफलता हासिल गर्छ भनेर सोच्छन्। यो गलत हो। खासमा उनीहरूको अरू कुरा देखाउने हैसियत हुँदैन, त्यसैले निर्देशकहरू यस्ता कुरामा बढी प्राथमिकता दिन्छन्' उनले भने, 'मलाई लाग्छ यस्तो गर्नु एकदम गलत सोच हो। यस्तो कथाले समाजलाई नकारात्मक असर पुर्‍याउँछ।' 

यस बिषयमा तपाइको प्रतिक्रिया...!