बक्स अफिसमा धमाका मच्चाइरहेको 'एनिमल' मा कुन कलाकारको पारिश्रमिक कति ?

Posted on: 04 Dec, 2023

मङ्सिर १८, काठमाडौँ | डिसेम्बर १ मा रिलिज भएदेखि नै फिल्म एनिमलले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । 

यस फिल्मका सबै स्टार कास्ट चर्चित र ठूला कलाकार हुन् ।  प्राप्त जानकारी अनुसार रणवीर कपुरले एनिमलका लागि ३० देखि ३५ करोड भारु शुल्क लिएका थिए । उनले आफ्नो पारिश्रमिकको केही हिस्सा यो फिल्म बनाउन लगाएका थिए ।

रणवीरले फिल्मको नाफामा आफूले हिस्सा लिने बताएका थिए । वास्तवमा रणवीरले एउटा फिल्मका लागि ७० करोड भारु पारिश्रमिक लिन्छन् । तर भूषण कुमार र सन्दीप रेड्डी वांगालाई समर्थन गर्न, उनले आफ्नो शुल्क ५० प्रतिशतभन्दा बढी घटाएका थिए । 


फाइनान्सियल एक्सप्रेसको रिपोर्ट अनुसार बबी देओलले ४–५ करोड रुपैयाँ पाएका छन् । जहाँ रश्मिका मन्दानाले ४ करोड र अनिल कपूरले २ करोड पाएका छन् । 

फिल्ममा रणवीरको अभिनय देखेर निर्देशक वांगाले रणवीर जस्तो कलाकारलाई यसअघि कहिल्यै नभेटेको बताएका थिए । रणवीरको अभिनय देखेर कहिलेकाहीँ सन्दीपको खुट्टा छुन मन लाग्ने उनको भनाई थियो । 

रणवीरले आफ्नो १६ वर्षको करियरमा जम्मा २० फिल्म गरेका छन् जसमध्ये ११ फिल्म फ्लप र ९ हिट भएका छन् । करियरको दृष्टिकोणले रणवीरका लागि एनिमलको सफलता धेरै महत्त्वपूर्ण छ।  

रणवीरको यो फिल्मले दुई दिनमा नै विश्वभर २३६ करोड भारु कमाएको छ । फिल्मले पहिलो दिनमै ११५ करोड कमाएको थियो । यो कलेक्सनसँगै रणवीरले आफ्ना अघिल्ला सबै फिल्मको कीर्तिमान तोडेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!