नेपालमा कति कमायो रणवीर कपुर स्टारर ‘एनिमल’ ले?

Posted on: 03 Dec, 2023

मङ्सिर १७, काठमाडौँ | रणवीर कपुर स्टारर भारतीय फिल्म ‘एनिमल’ले नेपाल, भारतसहितका बजारमा उछाल कमाइ गरेको छ । वितरण स्रोतका अनुसार फिल्मले नेपालमा दुई दिन (शुक्रबार र शनिबार)मा तीन करोड नेरु ग्रस कमाइ गरेको छ ।

टिकट बिक्री र अकुपेन्सी ट्रेन्ड हेर्दा पहिलो साता ‘एनिमल’ले नेपालमा राम्रै कमाइ गर्न सक्ने देखिन्छ । भारतमा भने यो फिल्मले दुई दिनमा १३१.०७ करोड भारु नेटको कमाइ गरेको छ । जसअनुसार हिन्दी संस्करणमा शुक्रबार ५४.७५ करोड भारु र शनिबार ५८.३७ करोड भारु कमाइ छ ।


दुई दिनमा दक्षिण भारतीय भाषामा मात्र फिल्मले १७.९५ करोड भारु कमाएको बलिउड व्यापार विश्लेषक तरण आदर्शले जनाएका छन् । विक्की कौशल स्टारर ‘सामबहादुर’ले भारतमा शुक्रबार शनिबार १५.२५ करोड भारु नेट कमाएको छ । यो फिल्मले पहिलो विश्वभर ११५ करोड भारु कमाएको पिंकभिल्लाले जनाएको छ ।

भारतीय सेनाका फिल्ड मार्सल साम मेनकसाको बायोपिक यो फिल्मले शुक्रबार ६.२५ करोड भारु र शनिबार ९ करोड भारु नेट कमाएको जनाइएको छ । नेपालमा पनि यो फिल्मले शुक्रबारभन्दा शनिबार बढी कमाइ गरेको देखिएको छ । सकारात्मक समीक्षाको कारण यो फिल्मले पिकअप लिने देखिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!