‘एनिमल’ रिलिज, ९ लाख बढी टिकट एडभान्स बुकिङ

Posted on: 01 Dec, 2023

मङ्सिर १५, काठमाडौँ | रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ आज (शुक्रवार) बाट रिलिज भएको छ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि रणवीरको यस फिल्म हेर्न दर्शक आतुर थिए । फिल्ममा रहेको उनको लुक्सले दर्शक लोभ्याएको थियो ।

ट्रेलरमा उनको केही एक्सन दृश्य पनि छ । फिल्मको ओपनिङ समेत राम्रो हुने अनुमान छ । किनभने फिल्मको ९ लाख बढी टिकट एडभान्स बुकिङ छ । ओपनिङमै ५० करोडको कारोबार गर्ने अनुमान गरिएको यो फिल्म रणवीरको अहिलेसम्मकै राम्रो कमाई गर्ने फिल्ममा पर्न सक्छ ।

रणवीरले यो फिल्ममा एक्सन पनि धेरै गरेका छन् । उनले धेरै एक्सन गरेको यो पहिलो फिल्म हो । उनको  अहिलेसम्मको करियरमा सबैभन्दा बढी कमाउने फिल्म सञ्जु भनिएको छ । फिल्मले बक्स अफिसमा ५८६ करोडको व्यवसाय गरेको थियो । यसले त्यो भन्दा पनि व्यवसाय गर्ने अनुमान गरिएको छ ।

सन्दीप रेड्डी भांगा निर्देशित ‘एनिमल’को कथावस्तु बाबु र छोराबिचको ‘प्रेम र घृणा’ले भरिएको छ । फिल्ममा अनिल कपुरले उनको बुबाको भूमिका निर्वाह गरेका छन् । रणवीर अनिलको अलवा फिल्ममा रश्मिका मन्दाना र बबी देओल पनि मुख्य भूमिकामा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!