रणदीप र लिनले मणिपुरी विधिअनुसार कसे लगनगाँठो

Posted on: 30 Nov, 2023

मङ्सिर १४, काठमाडौँ | बलिउड अभिनेता रणदीप हुड्डा र अभिनेत्री लिन लैशरामले बुधबार भारतको पूर्वोत्तर राज्य मणिपुरमा परम्परागत विधिअनुसार विवाह गरेका छन् । उनीहरुले त्यहाँको इम्फालमा आयोजित विहे समारोहमा अग्निलाई साक्षी राखेर सात फेरो लिए ।

वरवधुले आफ्नो विशेष दिनको लागि परम्परागत मणिपुरी विवाहको पोशाक छनोट गरे । विवाहको समयमा रणदीपले मणिपुरको विशेष पगडी र सेतो रंगको धोती–कुर्ता लगाएका थिए ।


दुलही लिन लैसरामले बाँस र बाक्लो कपडाबाट बनेको बेलुनाकार स्कर्ट लगाएकी थिइन् । लिन रणदीपभन्दा १० वर्ष कान्छी छिन्, उनी मणिपुरकी चर्चित मोडल हुन् र बलिउड अभिनेत्री पनि हुन् ।

विवाहको विशेष दिनमा सेतो र गुलाबी रङको साडीमा दुलही लिन मणिपुरी पोशाकमा निकै सुन्दर देखिएकी थिइन् । सुनका गहनामा उनी आकर्षक देखिएकी थिइन् । 

यो जोडीले ४ वर्षदेखि एकअर्कालाई डेट गर्दै थियो । रणदीपले आफ्नो पहिलो भेट नसिरुद्दीन शाहको थिएटर ग्रुप ‘मोटली’ को समयमा भएको बताए । त्यतिबेला रणदीप उनका सिनियर थिए । उनले भने, ‘हामी दुवै लामो समयदेखि साथी हौँ । हामीले थिएटरको समयमा भेट्यौं । हाम्रो मित्रता धेरै गहिरो थियो त्यसैले अब हामी यो मित्रतालाई विवाहमा परिणत गर्न चाहन्छौं ।’

रणदीप र लिनले इम्फालको शन्नापुङ रिसोर्टमा विवाह गरेका हुन् । विवाहमा दुबैका परिवार र आफन्तको उपस्थिति थियो । लामो समयसम्म उनीहरुले सम्बन्धलाई लुकाएर राखेका थिए ।

केही दिनअघि मात्रै दुवैले एक संयुक्त वक्तव्यमा आफ्नो सम्बन्धलाई अफिसियल गरेका हुन् । रणदीप र लिनले मुम्बईमा भव्य रिसेप्शन आयोजना गर्ने छन्, जसमा बलिउड सेलिब्रेटीहरू सहभागी हुनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!