हिन्दी गीतको भिडियोमा प्रिन्सी खतिवडा

Posted on: 29 Nov, 2023

मङ्सिर १३, काठमाडौँ  | टिकटक प्लाटफर्मबाट उदाएकी प्रिन्सी खतिवडा अब हिन्दी गीतमा देखिने भएकी छिन्। प्रिन्सी बलिउडको चर्चित म्युजिक कम्पनी टी-सिरिजको एक गीतमा देखिँदै छिन्।

उनले अभिनय गरेको  ‘जान देंगे तुम्हे’ बोलको यो गीतलाई बिहीबार टी–सिरिजले आफ्नै च्यानलबाट सार्वजनिक गर्दैछ।

केरलाको मुनारमा छायाङ्कन भएको यो रोमान्टिक गीतमा प्रिन्सी र लक्ष्य कपुरले अभिनय गरेका छन्। टी–सिरिजले उक्त गीतको पोस्टर सार्वजनिक गरेको छ, जहाँ प्रिन्सी र लक्ष्य रोमान्टिक देखिएका छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!