प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा

Posted on: 28 Nov, 2023

मङ्सिर १२, काठमाडौँ | प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माताले फिल्मको पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन् ।

टिजरले फिल्ममा प्रदीपको पात्रबारे जानकारी दिन्छ । टिजरले फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ ।


मूलत: हिन्दी भाषामा बन्ने यो फिल्म दक्षिण भारतीय भाषाहरुमा समेत स्वरांकन हुने बताइएको छ । जीवन थापाको निर्देशन रहने यो फिल्मलाई सुवास काले, रञ्जनकुमार गुप्ता र राजन कुँवरले मिलेर बनाउँदैछन् । सुवास काले प्रदीपको अघिल्लो फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका निर्मातासमेत हुन् ।

फिल्ममा नायिका र अन्य कलाकार भने तय गर्न बाँकी रहेको र भारतमा चाँडै छायांकन सुरु गरिने बताइएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!