विवाहका लागि प्रेमीसँगै नेपाल आइपुगिन् बलिउड अभिनेत्री प्रजक्ता कोली

Posted on: 26 Nov, 2023

मङ्सिर १०, काठमाडौँ |  बलिउड अभिनेत्री तथा चर्चित युट्युबर प्रजक्ता कोली विवाहका लागि नेपाल आएकी छिन् । गत असोजमा उनले नेपाली प्रेमी वृशांक खनालसँग इन्गेजमेन्ट गरेकी थिइन् । उनीहरुले चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह समारोह आयोजना गरेको बुझिएको छ ।


प्रजक्ताले शनिबार चन्द्रागिरी रिसोर्टबाट सारी पहिरिएको तस्वीर पोस्ट गर्दै त्यस्तो चिसो नभएको बताएकी थिइन् । केही दिनअघि मुम्बईबाट नेपाल आइपुगेका यी दुईले पारिवारिक समारोहमा विवाह गर्न लागेका हुन् ।

१२ वर्ष प्रेम सम्बन्धमा रहेका उनीहरुले सामाजिक सञ्जालबाट इन्गेजमेन्ट घोषणा गरेका थिए । घर नेपाल भए पनि उनीहरु पछिल्लो समय अमेरिकामा रहँदै आएका थिए । मुम्बईमा रहँदा आफूहरु प्रेम सम्बन्धमा रहेको उनीहरुले जनाएका थिए ।

भारतमा ‘मस्टली सेन’ नामक युट्युबरको रुपमा चर्चित कोलीले यस वर्ष रिलिज भएको हिन्दी फिल्म ‘जुगजुग जियो’मा अभिनेता वरुण धवनकी बहिनीको भूमिका निर्वाह गरेकी छन् । यो फिल्म नेपालमा समेत राम्रै चलेको थियो । प्रजक्ताले ‘जुगजुग जियो’बाहेक विद्या बालन स्टारर ‘नियत’ र अर्को फिल्म ‘मिसम्याच्ड’मा पनि अभिनय गरेकी छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!