विवाहको १२ वर्षपछि हनी सिंह र सालिनीले गरे सम्बन्ध विच्छेद

Posted on: 08 Nov, 2023

कार्तिक २२, काठमाडौँ | भारतीय र्‍यापर हनी सिंहले सम्बन्ध विच्छेद गरेका छन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहे गरेको १२ वर्षपछि उनले श्रीमती सालिनी तलवारसँग सम्बन्ध विच्छेद गरेका हुन्।


उनीहरुको २ वर्षदेखि अदालतमा सम्बन्ध विच्छेद मुद्दा चलिरहेको थियो। हनी सिंहलाई सालिनीले घरेलु हिंसाको आरोप लगाएकी थिइन्। उनले हनी सिंह र उनको परिवारबाट पटक-पटक शारीरिक, मानसिक र भावनात्मक दुर्व्यवहारमा परेको बताएकी थिइन्।

सम्बन्ध विच्छेदको अनुमति दिनुअघि अदालतले हनी सिंहलाई उनी अझै श्रीमतीसंग बस्न चाहानुहुन्छ भनेर सोधेको थियो त्यसमा उनले अब संगै बस्नुको अर्थ नभएको बताएका थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!