कफी विथ करण किन बन्द गराउन चाहन्थे रणवीर कपुर ?

Posted on: 08 Nov, 2023

कार्तिक २२, काठमाडौँ | गएको केही हप्तायता करण जौहरको च्याट शो ‘कफी विथ करण’को आठौं सीजनको चर्चा परिचर्चा भइरहेको छ । 

कहिले रणवीर सिंह र दीपिका पादुकोणको अभिव्यक्ति कहिले सारा अली खानले अनन्या पान्डे र आदित्य रोय कपुरको प्रेम सम्बन्धबारे दिएको संकेतका कारण एपिसोडहरु रोमाञ्चक र रोचक भइरहेका छन् । यस्तैमा रणवीर कपूरको पुरानो अन्तरवार्ता भाइरल भइरहेको छ । यसमा रणवीरले कफी विथ करण बन्द गराउन चाहेको बताएका थिए ।


भाइरल भिडियो एउटा पोडकाष्टको टुक्रा हो । यो रणबीरको फिल्म जग्गा जासुसको प्रोमोशनको बेलाको हो । कुराकानीको क्रममा ‘तपाई कफी विथ करण शोदेखि थाक्नु भएको छैन ?’ भनेर सोधिएको थियो । सो प्रश्नको उत्तरमा रणवीरले ‘मलाई साँच्चै थकाई लागिसक्यो । मलाई र अनुष्कालाई यो वर्ष (२०१७ मा) पनि जर्बजस्ती बोलाइएको थियो, तर हामी गएनौं । हामी शोविरुद्ध प्रदर्शन गन चाहन्थ्यौं । हामीहरु शोलाई बन्द गराउन पूरै फिल्म उद्योगलाई एक ठाउँमा भेला गर्न चाहन्थ्यौं । यो शो विल्कुल निष्पक्ष छैन,’ उनले भने ।

अझ अगाडि उनले भनेका थिए, ‘उसले हामीमार्फत पैसा कमाइरहेको छ । हामी शोमा जान्छौँ अनि वर्षभरि घोट्टिरहन्छौं । यो फिटिक्कै ठीक होइन ।’ 

शोमा हरेक वर्ष जाँदा आइफोन बाहेक गिफ्ट ह्याम्परमा अरु केही नपाइने पनि रणवीरले बताएका थिए । कफी विथ करणमा आउने कलाकारहरु कयौँ पटक विवादमा पनि पर्ने गरेका छन् । शोमा आएपछि दीपिका र रणवीर निकै ट्रोल भएका थिए । शोमा दिएको अभिव्यक्तिका कारण यसअघि सोनम कपूर, करीना कपूर, क्रिकेटरहरु हार्दिक पान्ड्या र के.एल. राहुल पनि विवादित बनेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!