नखाएको बिष लाग्यो: ईकु

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ | गत शनिबार प्रहरीले जुवातास खेलेको आरोपमा केहि कलाकार सहित ९ जनालाई पक्राउ गरेको थियो । साथै हिजो (बुधबार) साँझ ६ बजे उनीहरुलाई प्रहरीले फेरी हाजिरी हुनेगरी छाडिसकेको छ । यसैबिच पक्राउ परेका कलाकार सुलेमान शंकर (ईकु)ले आफूले नखाएको बिस लागेको बताएका छन् । उनले आफूले तास नखेलेको र एकछिन हेर्दा पनि प्रहरीको फन्दामा परिएको भन्दै फेसबुकमा लेखेका छन् । 

उनले म्युजिक भिडियोको कुरा गर्नका लागी कोरियोग्राफर गम्भिर बिष्टको स्टुडियोमा पुग्दा त्यहाँ केहि साथीहरु तास खेलिरहेको र एकछिन हेर्दा आफूलाई पनि प्रहरीले लगेको जानकारी दिए । उनले फेसबुकमा लेखेका छन्, 'दशैमा दशा भनेझै (मोटाउॅछु) गीत पछि अर्को गीतको भिडियोको सल्ला गर्न के गएको थिए, अरुले खेलेको हेदा॔ नि दोषलाग्दो रहे छ वा..., नखाएको बिष लाग्यो, चाडपर्व मा परिवारमै खुशी भई रमाउ साथी भाई हो ।' 

यस बिषयमा तपाइको प्रतिक्रिया...!