‘दर्पण छाया २’ कलाकार सहारा कार्की र फिरोज तिमल्सिनाले गरे विवाह

Posted on: 29 Jun, 2023

असार १४, काठमाडौँ | फिल्म ‘दर्पण छाया २’ की अभिनेत्री सहारा कार्की र अभिनेता फिरोज तिमल्सिनाले विवाह गरेका छन् । गत साता इन्गेजमेन्ट गरेका उनीहरुले गत सोमबार अमेरिकामै लगनगाँठो कसेका हुन् ।

करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरूको विवाह समारोहमा दुई पक्षका सीमित परिवार सदस्यको उपस्थिति थियो । पछिल्लो समय दुवै अमेरिका बस्दै आएका छन् ।

‘दर्पण छाया २’ सहाराले पुष्पको अपोजिटमा अभिनय गरेकी थिइन् भने उनीहरूको घनिष्ठ साथीको भूमिकामा फिरोज थिए । यही फिल्मबाट सहारा र फिरोजबीच प्रेम अंकुराएको बताइन्छ ।

सहारा र फिरोजले ‘मेरी प्रिया’ र ‘किन’ गीतको म्युजिक भिडियोमा पनि एकसाथ काम गरेका छन् । दुवै गीतमा फिरोजको आवाज छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!