हिन्दी संस्करण बिहीबार नै रिलिज हुने भएपछि ‘परस्त्री’ बिहीबार नै रिलिज हुने

Posted on: 28 Jun, 2023

असार १३, काठमाडौँ | शिल्पा मास्के स्टारर फिल्म ‘परस्त्री’ नेपालमा बिहीबार नै रिलिज हुने भएको छ । हिन्दी संस्करण  ‘सत्यप्रेमकी कथा’ बिहीबार नै रिलिज हुने भएपछि ‘परस्त्री’ले शुक्रबारलाई निर्धारित मिति परिवर्तन गरेको निर्देशक सुरज पाण्डेले बताए ।

विवाहेत्तर सम्बन्धको कथा प्रस्तुत गर्ने फिल्म हिन्दी भर्सनमा समेत रिलिज हुँदैछ । यद्यपि हिन्दी संस्करण नेपालमा भने प्रदर्शन नहुने  भएको छ ।

दीपेन्द्र के खनालको पटकथा लेखन रहेको फिल्ममा कोसिस क्षेत्री र गौरव विष्टको पनि मुख्य भूमिका छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!