सिरोहियासँगको प्रेमको चर्चा चलिरहेको बेला सिरोहियाको पारिवारिक समारोहमा श्रृखला !

Posted on: 27 Jun, 2023

असार १२, काठमाडौँ | मिस नेपाल २०१८ श्रृंखला खतिवडा पछिल्लो समय प्रेमका कारण चर्चा रहँदै आएकी छन् । उनको प्रेम र ब्रेकअपले मिडियामा समेत राम्रो स्थान पाउने गरेको छ ।

केही अगाडि श्रृखलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडिएको थियो । सिसन बानियासँग ब्रेकअपपछि उनी सिरोहियासँगको प्रेममा रहेको हल्ला चलेको थियो । केही समयपछि प्रेमको हल्लालाई पुष्टि हुने गरी सरोहियाको इन्स्टाग्राममा तस्बिर समेत आए ।


सिरोहियासँगको प्रेममा रहेको चर्चा चलिरहेको समयमा उनी पारिवारिक समारोहको हिस्सा समेत बन्न थालेकी छिन् । सम्भवका भाइको इन्गेजमेन्ट श्रृङखला परिवार सदस्य सहित सहभागी थिइन् । पारिवारिक तस्बिरमा सम्भवको साथ ठाँटिएर उभिएको र हुनेवाला दुलहीले उनलाई ढोग्दै गरेको तस्बिर समेत अहिले बाहिर आएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!