विजय लामाको फिल्म ‘अन्तिम संस्कार’ले तीन दिनमा कति कमायो ?

Posted on: 26 Jun, 2023

असार ११, काठमाडौँ | विजय लामाको शीर्ष भूमिका रहेको फिल्म ‘अन्तिम संस्कार’ले घरेलु बक्स अफिसमा कमजोर व्यापार गरेको छ । चलचित्र विकास बोर्डका अनुसार फिल्मले शुक्रबार, शनिबार र आइतबार गरी तीन दिनमा तीन लाख ४८ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ ।

कमजोर समीक्षाका कारण यो फिल्मले हलसम्म दर्शक तान्न सकिरहेको छैन । हल सञ्चालकका अनुसार आइतबारदेखि फिल्मको अकुपेन्सीमा गिरावट आएर १० प्रतिशतभन्दा तल पुगेको छ ।

प्रदीप शाही निर्देशित यो फिल्मले सप्ताहन्तमै कमजोर ओपनिङ गरेपछि विकडेजमा झनै कष्टकर हुने प्रक्षेपण गर्न सकिन्छ । विजय लामासहित दीया पुन, त्रिचन्द्र राई, एवनराज उप्रेतीको शीर्ष भूमिका रहेको यो फिल्मलाई मल्टिप्लेक्सले न्यून शो दिएका छन् । भारतीय फिल्म ‘आदिपुरुष’ रोकिंदाको फाइदा यो फिल्मले लिने मौका थियो । तर फिल्मले दर्शकलाई अपील गर्न सकेन ।

यसैबीच, हलमा चलिरहेका अन्य फिल्मले पनि दर्शकलाई आकर्षित गर्न सकिरहेका छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!