बालेन र हर्कको चर्चाबीच फिल्म ‘मेयर साहेव’ निर्माण हुने

Posted on: 25 Jun, 2023

असार १०, काठमाडौँ | पछिल्लो समय देशमा काठमाडौँ महानगरका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङ चर्चामा छन् । यी दुबै मेयरको चर्चाबीच निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ निर्माण गर्ने भएका छन् । आगामी भाद्र महिनाबाट फ्लोरमा जाने फिल्मका लागि अहिले कलाकार छनोटको भैरहेको छ । चाँडै फिल्मको कास्ट एण्ड क्रिउको जानकारी दिने तयारी निर्माण टिमको छ । राजनीतिक बिषयमाथि निर्माण हुने फिल्मको हाल प्रि–प्रोडक्सन र कथा लेखनको भैरहेको छ ।

बिनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्ममा बिनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ । निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहने फिल्मको सह–निर्माता नारायण खाती हुन् । खाती प्रस्तुतकर्ता र निर्देशक राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । फिल्म आगामी भाद्र १ गतेबाट नेपालभरका चलचित्र घरमा रिलिज हुँदैछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!