भारतमा ‘आदिपुरुष’ले हेरफेर गर्‍यो चार डायलग

Posted on: 22 Jun, 2023

एजेन्सी | भारतमा तीव्र आलोचना खेपिरहेको फिल्म ‘आदिपुरुष’ले केही विवादित संवाद हेरफेर गरेको जनाइएको छ । भारतभित्रै यी संवादलाई लिएर विरोध भएपछि निर्माताले पुरानो संवादलाई नयाँले प्रतिस्थापन गरेको जनाएका छन् । इन्डियन एक्सप्रेसका अनुसार चार विवादित डायलगलाई परिवर्तन गरिएको हो ।

अब फिल्ममा हनुमानको मुखबाट ‘जलेगी भी तेरे बाप की…’ जस्ता संवाद सुन्न पाइने छैन । फिल्म रिलिज भएदेखि नै विवादमा परेका निर्माताले फिल्मको संवाद परिवर्तन गरेका छन् । ‘कपडा तेरी बाप का, तेल तेरी बाप का, आग तेरी बाप की तो जलेगी भी तेरे बाप की’ भन्ने विवादास्पद संवादको सट्टा हनुमानले अब भने– ‘कपडा तेरी लंका का, तेल तेरी लंका का, आग तेरी लंका’का, कि तो जलेगी ही तेरी लंका ही’ भनेका छन् ।

उक्त अखबारले मंगलबारदेखि यी डायलगमा परिवर्तन गरिएको जनाएको छ । यीबाहेक अरु केही संवाद पनि परिवर्तन भएका छन् । भाषामा खासै परिवर्तन नभए पनि केही शब्द मात्रै परिवर्तन भएका छन् । उदाहरणको लागि जहाँ हनुमानलाई तँ भन्दै बोलिएको थियो, त्यहाँ तिमी शब्द राखिएको छ । ‘लंका लगा देंगे’को सट्टा लंकामा आगो लगाइनेछ भनिएको छ ।

परिवर्तन गरिएका संवाद यस्ता छन्-

पहिले : कपड़ा तेरे बाप का.. तो जलेगी भी तेरे बाप की

अब : कपड़ा तेरी लंका का… तो जलेगी भी तेरी लंका

पहिले : जो हमारी बहनों को हाथ लगाएंगे.. हम उनकी लंका लगा देंगे ।

अब : जो हमारी बहनों को हाथ लगाएंगे.. हम उनकी लंका में आग लगा देंगे ।

पहिले : मेरे एक सपोले ने तुम्हारे इस शेषनाग को लंबा कर दिया है ।

अब : मेरे एक सपोले ने तुम्हारे इस शेषनाग को समाप्त कर दिया है ।

पहिले : तू अंदर कैसे घुसा… तू जानता भी है कौन हूं मैं ।

अब : तुम अंदर कैसे घुसे… तुम जानते भी हो कौन हूं मैं ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!