राजेश पायल राईको सरप्राइजः एक वर्षको छोरोसँगै गीत सार्वजनिक

Posted on: 20 Jun, 2023

असार ५, काठमाडौँ | चर्चित गायक राजेश पायल राईले आफ्नो पहिलो सन्तान सार्वजनिक गरेका छन्। 

दुई वर्षअघि सुटुक्क विवाह गरेका उनको एक वर्षअघि छोरा जन्मिएको थियो। यद्यपि उनले आफूले विवाह गरेको भने औपचारिक रूपमा अहिलेसम्म जानकारी गराइसकेका छैनन्। 

राईले मंगलबार नयाँ गीत ‘ह्याप्पी बर्डे डे’ सार्वजनिक गर्दै आफ्नो विवाह र छोरा 'सायारेम' लाई सार्वजनिक गरेका हुन्। 

सञ्चारमाध्यममा आफ्नो विवाहबारे उनले खुलेर कुरा गर्ने गरेका थिएनन्। यतिसम्म कि उनले आफूले विवाह गरेको समेत नकार्दै आएका थिए। 

एक वर्ष पूरा भइसकेको छोरासँगै उनले गीत पनि सार्वजनिक गरेका छन्। किङ स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतको शब्द रचना अग्नि साम्पाङ राईले गरेका हुन्। 

सायाबुङ राईसँग दुई वर्षअघि राईले विवाह गरेका गरेका थिए। गत वर्ष छोरा सायारेम जन्मिएपछि राजेशले विवाह गरेको तथ्य बाहिरिएको थियो। तर,राजेशले यसबारे केही बोलेका थिएनन्। 

मंगलबार राईले छोरासँगै राईले गीत सार्वजनिक गरेका हुन्। गीतमा राईको स्वर र उनकै संगीत छ। गीतको भिडियो भने 'लिरिकल' मात्रै छ। 

विदेशका विभिन्न ठाउँमा सांगीतिक कार्यक्रम सकेर उनी केही दिनअघि मात्रै नेपाल आएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!