रश्मिका मण्डन्नालाई आफ्नै म्यानेजरले ८० लाख रुपैयाँ ठगिन्

Posted on: 19 Jun, 2023

असार ४, काठमाडौँ | नायिका रश्मिका मन्डन्नालाई उनको म्यानेजरले ८० लाख रुपैयाँ ठगी गरेको खुलासा भएको छ ।  यो ठगीको बारेमा  थाहा हुने बित्तिकै रश्मिकाले उनलाई जागिरबाट निकालिदिएकी थिइन् । तर, यसबारे रश्मिकाको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया भने आएको छैन ।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार म्यानेजरले रश्मिकालाई ८० लाख रुपैयाँ ठगी गरेको आरोप छ । यो थाहा पाएर निकै रिसाएकी रश्मिकाले तत्कालै म्यानेजरलाई जागिरबाट हटाइन् । जानकारीका अनुसार लामो समयदेखि रश्मिका मन्डन्नासँग आवद्ध थिइन् ती म्यानेजरले अभिनेत्रीलाई थाहा नदिई पैसा चोर्दै आएकी थिइन् । यो कुरा थाहा पाएदेखि रश्मिका स्तब्ध छिन् ।

रश्मिका अहिले रणवीर कपूरसँग आफ्नो आगामी फिल्म ‘एनिमल’मा व्यस्त छिन्। भर्खरै निर्माण पक्षले फिल्मको प्रि टिजर पनि रिलिज गरेको छ, जसलाई दर्शकले निकै रुचाएका छन् । चलचित्र अगस्ट ११ मा हलमा रिलिज हुँदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!