बालेनको चुनौतीका बीच हलमा लाग्यो ‘आदिपुरुष’

Posted on: 16 Jun, 2023

असार १, काठमाडौँ | चलचित्र संघले हिन्दी फिल्म ‘आदिपुरुष’ निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने निर्णय गरेको छ। 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म ‘आदिपुरुष’ मा उल्लेखित शब्दबारे आपत्ति जनाउँदै सो फिल्मलगायत कुनै पनि हिन्दी फिल्म चलाउने नदिने चेतावनी उलंघन भएको छ । 

चलचित्र संघको शुक्रबार बिहान बसेको बैठकले यसबारेमा कुनैपनि आधिकारिक पत्र प्राप्त नआएकाले फिल्म निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने बारेमा छलफल भएको चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले जानकारी दिए ।  उनका अनुसार बिहान केएल टावरस्थित फिल्महलबाहेक अन्त फिल्म रिलिज भएको थिएन । 

तर संघमा छलफलका साथै  हलवालाहरुले  पनि आधिकारिक पत्र नआएको कारण देखाउँदै मध्यान्हदेखि महानगरभित्रका सबै हलमा  ‘आदिपुरुष’सहितका हिन्दी फिल्म सञ्चालनमा आइसकेको छ । कायस्थले आदिपुरुषमा उल्लेखित आपत्तिजनक संवाद हटाएर सेन्सर पास गरिएको पनि बताए । 

मेयर शाहले ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाउने बताएपछि नेपाल चलचित्र संघले आकस्मिक बैठक बोलाएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!