भारतीय सिरियल ‘स्वराज’मा नेपाली तेरिया

Posted on: 12 Jun, 2023

जेठ २९, काठमाडौँ | भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’ तेस्रो सिजनको विजेता बनेपछि देश तथा विदेशमा चर्चाको केन्द्र बनेकी नेपाली चेली तेरिया मगरले भारतीय सिरियल अभिनय ‘स्वराज’ अभिनय गरेकी छन् । 

भारतको सरकारी टेलिभिजन दूरदर्शनको प्रस्तुति रहेको सिरियलको प्रोमो आफ्नो इन्स्टाग्राममा शेयर गर्दै उनले सा जानकारी दिएकी हुन् । प्रोमोको उनलाई लडाकु अवतारमा देख्न सकिन्छ । सिरियलमा आफू रानी गाइदिन्ल्यूको भूमिकामा रहेको उनले जनाएकी छन् । रानी गाइदिन्ल्यूले भारतको स्वतन्त्रताका लागि ब्रिटिस शासनको विरुद्धमा विद्रोह गरेकी थिइन् । 

‘यस्तो वीर चरित्रमा अभिनय मेरो लागि उल्लेखनीय क्षण थियो । धेरै कुरा सिक्नु पाएँ र सुटिङमा राम्रो समय बित्यो’ उनले भनेकी छन् । प्रोमोमा उनलाई पर्याप्त स्थान दिइएको छ । उनले इन्स्टामा सिरियल छायांकनका केही तस्विरहरु पनि शेयर गरेकी छन् । जसमा उनी रोंगमेई नागा पहिरनमा देखिएकी छन् । एउटा तस्बिरमा उनलाई वाण बोकेको अवस्थामा देख्न सकिन्छ ।

तेरियाको अभिनय रहेको अंश आइतबार साँझ ९ बजे दूरदर्शन टेलिभिजनमा प्रसारण हुनेछ । उनी सिरियललाई लिएर निकै उत्साहित देखिएकी छन् । उनी नेपालको  रुपन्देहीकी बासिन्दा हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!