‘प्रसाद २’ वैशाख १५ मा रिलिज हुने

Posted on: 11 Apr, 2023

चैत २८, काठमाडौँ | विपिन कार्की र केकी अधिकारी स्टारर सोसल ड्रामा ‘प्रसाद २’ को नयाँ प्रदर्शन मिति तय भएको छ । वितरक गोपाल कायस्थका अनुसार यो फिल्म आगामी वैशाख १५ गते रिलिज हुने भएको छ ।

उच्च अदालत पाटनले फिल्म प्रदर्शनको लागि बाटो खुला गरेपछि निर्माण पक्षले नयाँ मिति तय गरेको हो । गत साता निर्मातामध्येका एक केशव पाण्डेले अर्का निर्माता सुवास थापाविरुद्ध आर्थिक लेनदेनको विवादमा रिट दायर गरेपछि अदालतले फिल्म रोक्न आदेश दिएको थियो ।

तर सोमबारको सुनुवाइमा अदालतले अघिल्लो आदेशलाई खारेज गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । जसले गर्दा फिल्मको प्रदर्शन फुकुवा भएको हो । तर निर्माता थापाविरुद्धको पक्राउ पूर्जी अहिले पनि कायमै भएकाले उनलाई प्रहरीले खोजिरहेको छ ।

निर्मातामध्येका एक पाण्डेले थापासँग भएको करार कार्यान्वयनका लागि अरु कानुनी बाटो अपनाउन सक्ने तर चलचित्रको प्रदर्शन रोक्न नमिल्ने आदेश दिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!