‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकियो, वैशाख १ मा रिलिज नहुने

Posted on: 11 Apr, 2023

चैत २८, काठमाडौँ | फिल्म ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकिएको छ । अब यो फिल्म पूर्वनिर्धारित मिति वैशाख १ गते रिलिज हुनेछैन । समयमै सेन्सर पास नहुँदा प्रदर्शन रोकिएको वितरक मनोज राठीले जानकारी दिएका छन् ।

फिल्मलाई वैशाखभित्रै प्रदर्शन गर्ने तयारी भइरहेको जनाइएको छ । फिल्मसँग सम्बन्धित एक निर्माताको आर्थिक लेनदेनलाई लिएर चलचित्र विकास बोर्डमा परेको उजुरी कायमै रहँदा निर्माताले फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेको हुन् । डीएस डिजिटल र एफडी कम्पनीले फिल्मका कार्यकारी निर्माता भनिएका सञ्जय न्यौपानेविरुद्ध बोर्डमा उजुरी दिएका थिए । न्यौपानेले डीएस डिजिटललाई ११ लाख र एफडीलाई दुई लाख रुपैयाँ तिर्न बाँकी रहेको उजुरीमा उल्लेख छ ।

विकास आचार्य निर्देशित फिल्ममा आँचल शर्मा, आशिर्वाद क्षेत्री र अनुभव रेग्मीको शीर्ष भूमिका छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!