धूमको नयाँ सिरिजमा आमिरको चासो

Posted on: 06 Apr, 2023

एजेन्सी | कुनै समय एकपछि अर्को गर्दै लगातार फ्लपको मार झेलिरहेका अभिनेता शाहरुख खान यतिबेला ‘पठान’को सुपर सक्सेस मनाइरहेका छन् । किङ खानको करियर पुनः सही बाटोमा आएको छ ।  

आमिर खान पनि बलिउडका ठूला सुपरस्टार हुन्, जसले 'दंगल' र 'पीके' जस्ता ३०० करोड भन्दा बढी हिट फिल्म दिएका छन्। आमिरको पछिल्लो फिल्म ‘लाल सिंह चड्डा’ थियो । यो फिल्म फ्लप भयो र यो फ्लपसँगै आमिरले अभिनयबाट ब्रेक लिने नै निर्णय लिए । आमिर खान अहिले ब्रेकमा छन् । उनी आजकल परिवारसँग समय बिताइरहेका छन् ।

यही बेला आफ्नो करियरलाई पुनः ट्याकमा ल्याउन  आमिर यशराज फिल्मस्को एक्सन इन्टरटेनर फिल्म ‘धूम’को नयाँ सिरिजमा देखिँदै छन् ।

आमिर ‘पठान’को सफलताबाट प्रभावित छन् । उनलाई सलमान खानको फिल्म ‘टाइगर ३’ पनि ब्लकबस्टर हुन्छ भन्ने थाहा छ । यही कारण उनले हालै निर्माता आदित्य चोपडासँग भेटेर ‘धूम’को नयाँ सिरिजको बारे कुराकानी गरेका छन् ।

हालै मात्र एक अन्तरवार्तामा ‘पठान’का लेखक अब्बास टायरवालाले आमिर यशराज ब्यानरको स्पाई युनिभर्समा देखिन चाहेको खुलासा गरेका थिए । सलमान, शाहरुख र ऋतिक रोशन यसअघि नै स्पाई युनिभर्सको हिस्सा भइसकेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!