क्यानडा पठाइदिन्छु भन्दै सात लाख ठग्ने महिला पक्राउ

Posted on: 05 Aug, 2022

साउन २०, काठमाडौँ | क्यानडा पठाइदिने प्रलोभन देखाएर सात लाख ठगी गरेका एक जना महिला पक्राउ परेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका र हालः काठमाडौं बस्दै आएका छिरिङ डोमा शेर्पा पक्राउ परेका हुन्। शेर्पालाई काठमाडौं उपत्यका अपराध महाशाखाले पक्राउ गरेको हो।


उनले रत्नबहादुर तामाङलाई वर्किङ भिसामा क्यानडा पठाइदिने र प्रतिष्ठित कम्पनीमा दुई लाख तलब रहेको प्रलोभन देखाएकी थिइन्। उनले १४ लाख लाग्ने भन्दै अग्रिम ७ लाख लिएर फरार भएकी थिइन्। 

तामाङले उनीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी गरेपछि विभागले महाशाखालाई पक्राउ गर्न पत्राचार गरेको थियो।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!