वैदेशिक रोजगारमा पठाइदिने भन्दै ९० लाख रुपैयाँको ठगी गरेको आरोपमा एक महिला पक्राउ

Posted on: 02 Aug, 2022

साउन १७, काठमाडौँ । युवाहरुलाई बैदेशिक रोजगारीमा पठाइदिन्छु भनि ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दा अन्तर्गत उनी पक्राउ परेकी हुन् । 

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–३ घर भइ हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने वर्ष ३५ की माया बस्नेत थापा रहेको प्रहरीले जनाएको छ । 

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ अनुमति जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरको बङ्गलामुखीबाट सोमबार पक्राउ गरेको हो । प्रतिवादी थापाले भरतमणी घर्ती मगर सहित धेरै युवाहरुलाई बैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर रकम ठगी गरेको बिषयमा बैदेशिक रोजगार विभागमा उजुरी परी पक्राउ पुर्जी समेत जारी भएको प्रहरीले जानकारी दिएको छ ।

थापालाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!