न्युजिल्यान्ड पठाइदिने प्रलोभन देखाई ३० लाख ठग्ने व्यक्ति पक्राउ

Posted on: 31 May, 2022

जेठ १७, काठमाडौँ । न्युजिल्याण्ड लगेर जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–९ स्युचाटार घर भएका ४५ वर्षीय विकास भट्टराई खत्री छन् ।

वैदेशिक रोजगार विभागको पत्रको आधारमा भट्टराईलाई स्युचाटारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

नवलपुर घर भएका विकास जोशी र तनहुँको रिसिङ गाउँपालिका–५ घर भएका अमृत चन्दलाई ‘वर्किङ भिसा’मा न्युजिल्याण्ड पठाउँछु भनेर उनले प्रतिव्यक्ति १५ लाखको दरले ३० लाख ठगेको आरोप लागेको छ । आरोपीलाई कानुनी कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!