नेपालबाट कतार जानेहरु सावधान ! यसरी पनि हुन्छ ठगि !

Posted on: 14 Mar, 2022

फागुन ३०, काठमाडौँ । कतार सरकारले नयाँ नोट प्रचलनमा ल्याएको अवस्थामा पुरानो नोट सटही गर्दैन । तर नेपालबाट कतार जाने युवाहरुलाई नेपालबाट कतार जाने क्रममा पुरानो नोट दिएर ठगि गर्ने गरेको गुनाशो प्राप्त भएको छ । 

कतारले सन् २०२१ जुलाई १ देखिनै पुराना नोट चलनचल्तीमा ल्याउन बन्देज गरेको अवस्थामा नेपाली युवाहरु कतार जाने क्रममा कतारी रियाल सटहीको क्रममा ठगिमा परेको पाइएको हो । त्यसरी सटही भएको पुरानो नोट कतारमा गएपछि मात्र नचल्ने बारे थाहा भएको ठगीमा परेका युवाहरुको भनाई छ । कतार पुगेर सुपर मार्केटमा समान किन्न जाँदा मात्र पुरानो नोट दिएर ठगि गरेको थाहा पाएको एक युवाले गुनाशो गरे । ठगीमा परेका युवाले नेपालबाट जाने क्रममा आधिकरिक मनिचेन्जर वा एयरपोर्टमै रहेको मनिचेन्जरबाट बाहेक अनाधिकृत व्यक्तिसँग पैसा सटही गर्दा आफू लगायत अरु पनि ठगिएको ठबताएका छन् । 

कतारले राष्ट्रिय दिवसको अवसर पारी सन् २०२० डिसेम्बर १८ देखि पाँचौं संस्करणको नयाँ कतारी रियालको नोट प्रचलनमा ल्याएको हो । कतार सरकारले पाँचौ संस्करण अन्तर्गत एक, पाँच, दश, पचास, एक सय, दुई सय र पाँच सय रियालको नोट चल्तीमा ल्याएको छ । नयाँ नोटहरु नयाँ डिजाइनमा छन् । उक्त नोटको अगाडि डिजाइनहरूले परम्परागत ज्यामितीय ढाँचा, कतार राज्यको झण्डा, कतार फ्लोरा (ड्रेमा) र ऐतिहासिक कतार वास्तुकलाको प्रतिनिधित्व गर्ने एक ओरन्टे गेटमा आधारित साझा विषयवस्तूहरु समावेश छन् । त्यस्तै नोटको पछाडिको डिजाइनमा कतारी परम्परा, इस्लामी इतिहास, संस्कृति, वनस्पति,जीवजन्तु, शिक्षा, खेलकुद र अर्थव्यवस्थाको विकास झल्काउने विषयवस्तुहरू समावेश छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!