सयौं युवालाई वैदेशिक रोजगारमा पठाईदिने भन्दै करोडौं ठगेर फरार

Posted on: 29 Dec, 2021

महेश सिंह | पुस १४, लहान | सिरहाको लहानमा टुर्स एण्ड ट्राभल्स खोलेर वैदेशिक रोजगारीको धन्दा गर्दै आएका बाबु छोरा सयौ युवाहरुसँग करोडौं अशुली गरेर फरार भएका छन् । 

ठगिमा संलग्न लालबाबु महतो हुन् । उनले सिरहाको लहान -२ मिलन चौचोकमा माँ भवानी टुर्स एन्ड ट्राभल्स संचालन गर्दै आएका थिए । उनि महोत्तरी जिल्लाको वडा नम्बर १ महोत्तरी पिपरा बस्ने व्यक्ति हुन् । पीडितहरुको अनुसार उनिबाट करिव चार सय युवाहरु ठगिएका छन् । साथै ठगिएका युवाहरुबाट महतोले करिब ४ करोड भन्दा बढी रकम ठगी गरेको दावी गरिएको छ । पीडितहरु उनको कार्यालय अगाडी आएर मेला लाग्न थालेपछि उनि फरार छन् ।


पीडितहरुको अनुसार ठगी गर्ने व्यक्ति धामीझाक्रीको काम गरेर निकै चर्चामा आएका व्यक्ति हुन् । उनले धर्मको नाममा गरीब दलित निमुखा जनतालाई ठगी गरी कार्यालयमा ताल्चा लगाएर फरार भएका छन् । लहान नगरपालिका वडा नम्बर २१ बस्ने राजेन्द्र प्रसाद यादवको घरमा मासिक १० हजार र प्रत्येक बर्ष भाडामा एक हजार थप हुने गरी घर भाडाको ५ बर्षको सम्झौता गरी महतोले कार्यालय संचालन गर्दै आएका थिए ।

त्यसो त ठगी गर्ने महतोले उक्त स्थानमा धेरै मुर्तिहरुको स्थापना गरेर मोही लगाउदै झाक्रीको काम समेत गर्दै आएका थिए । धामीको काम गरेर समाजको बिश्वास जित्दै उनले समाजमा बेरोजगार युवाहरुलाई वैदेशिक रोजगारमा पठादिने अवैध धन्दा समेत चलाउदै आएका थिए । अर्को अचम्म लाग्दो कुरा त के पनि  छ भने महतोले हिन्दु युवाहरुलाई प्रभावमा पार्न मुर्तिको पुजा गर्थे भने सोही स्थानमा मुस्लिम धर्मावलम्बीहरुलाई प्रभावित पार्न सोहि धर्मको समेत पुजा गर्दै गर्ने गरेका थिए ।

माथिको तस्वीरमा: पिडितहरुको अनुसार ठगीमा संलग्न लालबाबु महतो 

धर्मको नाउँमा महतोलाई स्थानीयहरुले सहयोग गर्दै आएका थिए । स्थानीय सरकारको कार्यालय अर्थात लहान नगरपालिका वडा नम्बर २ का वडा कार्यालयसंगै टासिएको भवनमा वैदेशिक रोजगारको नाममा अवैध कारोवार गर्दै करोडौं ठगी धन्दा भईरहेको थियो । उक्त कार्यालयको सहयोगमा केहि व्यक्ति वैदेशिक रोजगारमा समेत गएका थिए तर गएका युवाहरु समेत खाडीमा अलपत्र परेका छन् । उनले करिब १५ जनालाई ३ लाख, ५ लाख, ६ लाख र ९ नौ लाख सम्मका दरले बाउन्स चेक दिएर बैंकिङ कसुर अन्तर्गतको अपराध समेत गरेका छन् । 


ठगीमा संलग्न व्यक्ति फरार भएपछि अहिले उनको कार्यालय अगाडी पीडितहरुको मेलानै लाग्ने गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!