विदेश जानेहरुले सिटिजन्स बैंकबाट सजिलै डलर साट्न पाउने

Posted on: 24 Dec, 2021

पुस ९, काठमाडौँ | सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सजिलै डलर साट्न सकिने सुबिधा ल्याएको छ । बैंकले आफ्ना गा्रहकहरुको सुविधाको लागी विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री बितरण शुरु गरेको हो । 

हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकलै अमेरिकी डलर आयात गरेको हो । विभिन्न प्रयोजनका लागी विदेश जानुपर्र्ने ग्राहकहरुले आवश्यक कागजाजहरु बैंकमा बुझाई आफुलाई आवश्यक पर्ने अमेरिकी डलर सहजरुपमा सटही गर्न सक्ने बैंकले जनाएको छ । 

यस्तो सटही सुविधा हाल काठमाण्डौ उपत्यकाको दरवारमार्ग, कुमारीपाटी, बौद्ध, कोटेश्वर, कुलेश्वर, ठिमी, कमलादी ,न्यूरोड, डिल्लीबजार, नयाँबजार, भैँसिपाटी लगायतका शाखाहरुबाट प्राप्त गर्न सकिने छ ।  

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा एटिएम र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ८० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!