मलेसियामा अवैधानिकले पाए घर फर्किन थप अवसर !

Posted on: 24 Dec, 2021

पुस ९, काठमाडौँ | मलेसियाले अवैधानिक आप्रवासी कामदारहरुलाई स्वदेश फर्किन वा बैधानिक हुन दिएको समयसिमा ६ महिना  थप गरेको छ ।

आगामी डिसेम्बरसम्म ५ सय रिंगेट जरिवाना तिरेर स्वदेश फर्काइने गरिएको छ । मलेसियाले नयाँ बर्षसँगै अवैधानिक विदेशी कामदारलाई व्यापक रूपमा पक्राउ गर्ने बताएको थियोे ।

नयाँ प्रावधानले अवैधानिक रूपमा बसेकाहरू अव ३० जुन २०२२ सम्म ५ सय रिंगेट तिरेर स्वदेश फर्किन पाउने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!