साउन १२, काठमाडौँ | सरकारले सरकारी प्रक्रियाबाट इजरायलमा नेपाली कामदार पठाउने औपचारिक सूचना जारी गरेको छ ।
सरकारीले इजरायलले एक हजार नेपाली कामदार माग गरे बमोजिमको सूचना जारी गर्दै इजरायल रोजगारको लागि लाग्न सक्ने लागतको बारेमा समेत स्पष्ट जानकारी दिएको छ । जानकारी अनुसार बिभिन्न आठ शिर्षकमा खर्च गर्नुपर्ने हुन्छ । खर्च शिर्षकमा पासपोर्ट बनाउँदादेखि इजरायल रोजगारमा जाँदासम्मको खर्चको शिर्षकहरु उल्लेख छन् ।
इजरायल जाने कामदारले हवाई भाडा आफैले तिर्नुपर्ने हुँदा नेपाल-इजरायलको एकतर्फी हवाई भाडा करिव १ लाख ४० हजार लाग्नेछ । त्यस्तै बिमाको लागि पाँच हजार लाग्छ ।
खर्चको शिर्षकहरुबारे बिस्तृतमा हेर्नुहोस्
यस बिषयमा तपाइको प्रतिक्रिया...!