थप दुई देशमा नियमित अन्तराष्ट्रिय उडान सुचारु, ३१ जुलाईसम्मको तालिका तय

Posted on: 03 Jul, 2021

असार १९, काठमाडौँ | सरकारले नियमित उडान खोलेका दक्षिण कोरिया र चीनमा पनि थप उडान तय भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले यस अघि यी दुई मुलुकमा सम्बन्धित वायुसेवा कम्पनीहरुले अनुमति नमागेका कारण उडान तालिका निकालेका थिएनन् । 

प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तालिका अनुसार दक्षिण कोरियामा हरेक बुधबार एक उडान हुने भएको छ, जसको लागि अनुमति कोरियन एयरले पाएको छ । त्यस्तै चीनको लागि छेन्दु र ग्वाङझाउमा नियमित उडान हुनेछ । छेन्दुबाट एयर चाइनाको विमान हरेक आइतबार काठमाडौँ आएर फर्किने छ । त्यस्तै चाइना साउदर्नले ग्वाङझाउमा प्रत्यक साताको मंगलबार उडान भर्ने अनुमति पाएको छ । 

पछिल्लो उडानहरु थप भए सँगै अब नेपालबाट अन्तराष्ट्रिय उडान अन्तर्गत हरेक साता २४ वटा उडान हुनेछन् । यो तालिका आगामी ३१ जुलाईसम्मको लागि हो । नेपाल सरकारले हाल भारत, कतार, युएई, टर्की, साउदी अरेवीया, कुवेत, जापान, ओमान, दक्षिण कोरिया र चीनमा नियमित उडान खोलेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!