टर्कीद्वारा नेपालसहित ६ मुलुकबाट हुने सिधा उडान प्रतिवन्ध

Posted on: 29 Jun, 2021

असार १५, काठमाडौँ । टर्कीले सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ । कोरोना भाइरसको महामारी फैलन सक्ने भन्दै टर्कीले नेपालसहित भारत, माल्दिम्भ, श्रीलंका, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने सबै सिधा उडानमा रोक लगाएको हो ।

अन्य मुलुकबाट टर्की छिर्दा समेत यी ५ मुलुकमा पछिल्लो १४ दिन यता रहेको भए ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य र १४ दिन क्वारेन्टिन बस्ने गरि मात्र टर्की प्रवेश गर्न दिने निर्णय त्यहाँको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

पाकिस्तान र अफगानिस्थानबाट जाने यात्रुलाई भने १० दिन क्वारेन्टिन अनिवार्य गरिएको छ । नेपाल सरकारले अघिल्लो साता मात्र नेपालमा कोरोना महामारी कम भएको भन्दै टर्कीका लागि पनि अन्तराष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको थियो । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ । टर्कीको पछिल्लो निर्णयसंगै नेपालबार वैदेशिक रोजगारीका लागि टर्की जानेहरु थप प्रभावित हुने भएका छन्  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!