मलेसियाको क्वालालम्पुर - काठमाण्डौ नियमित उडान सुचारु हुने

Posted on: 28 Jun, 2021

असार १४, काठमाडौँ । मलेसियाको क्वालालम्पुर - काठमाण्डौ नियमित उडान सुचारु हुने भएको छ । क्वालालम्पुर देखि काठमाण्डौको लागि हप्तामा दुई वटा नेपाली एयरलाईन्स र दुईवटा मलेसियाका एयरलाईन्सका गरी चारवटा उडान हुन सक्ने मलेसियास्थित नेपाली दुतावासले जनाकारी दिएको छ ।  

नेपाल जाने टिकट कन्फर्म गर्नुपूर्व आफुसँग भएका कागजातहरु (राहदानी/ट्राभल डकुमेण्ट/भीसा/चेक आउट मेमो) को मान्य अवधी ख्याल गर्नुहुन समेत दुतावासले अनुरोध गरेको छ । 

यात्रा गर्नको लागि पालना गर्नुपर्ने मुख्य मुख्य मापदण्डहरु 

१. नेपाल पुग्ने समयले ७२ घण्टाभित्र कोभिड-१९ परीक्षण गरेको फोटो एवं बारकोड/QR Code सहितको पि.सि.आर. नेगेटिभ रिपोर्ट 

२. होटल क्वारिण्टिनकालागि तोकिएका (होटलको सूचीको लागि यहाँ क्लिक गर्नुहोस https://mofa.gov.np/wp-content/uploads/2021/06/List-of-Hotels-of-Quarantine-Purpose.pdf) होटलहरुमा कम्तिमा ५ दिनको क्वारिण्टिन सहितको होटल बुकिङ्ग 

३. एयरपोर्ट प्रस्थान गर्नुपूर्व CCMC फर्म भरी (CCMC फर्मको लागि यहाँ क्लिक गर्नुहोस https://ccmc.gov.np/arms/person_add.php?fbclid=IwAR3ENjtoLRXBKQo_fr6qm8CXBYKpfzN3KV6d1CPRd0kCX7PcGSEKN37h3R8 र सो को वारकोड सहितको स्क्रिन फोटो लिनुहोला र प्रिन्ट गर्नुहोला। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!