साउदी र कतार जानेहरुको भीड भारतीय दुतावास अगाडी (भिडियो सहित)

Posted on: 12 Apr, 2021

चैत ३०, काठमाडौँ | भारत कोरोना महामारीको हटस्पट बन्दै गर्दा बिभिन्न देशमा भारतबाट जान रोक्का गरिएको अवस्थामा विदेश जान भारतीय नागरिकहरुको नेपालमा भीड बढ्न थालेको छ । 

सोमबार काठमाडौँ स्थित भारतीय दुतावासमा साउदी सहित बिभिन्न देशमा जानको लागि एनओसी लिने भारतीय नागरिकहरुको भिड देखिएको छ । दुतावासले इमेल मार्फत एनओसीको एपोइन्टमेन्ट नदिएपछि विदेश जान चाहेका भारतीय नागरिकहरु दुतावासकै अगाडी ठूलो संख्यामा लाइन बस्न पुगेका हुन् । एनओसीको लागि बिहानै २ बजेदेखि लाइन बसेको दुतावास अगाडी भेटिएका भारतीय नागरिकहरुले बताएका छन् । उनिहरु मध्ये अधिकांश रोजगारीको लागि साउदी जान चाहनेहरु रहेका छन् । 


लाइनमा बसेका भारतीय नागरिकहरुका अनुसार भारतबाट आफूहरु विदेश जान नपाएको कारण नेपालबाट एनओसी लिएर बिदेस जान आएका हुन् । भारतमा तीब्र रुपमा कोरोना महामारी बढ्दै गर्दा बिभिन्न देशले भारतबाट हुने उडानहरु रोकेको अवस्था छ । यस्तो अवस्थामा नेपालबाट एनओसी लिएर विदेश जान लागेकाहरु अधिकांशलाई भारतीय एजेन्टहरुले नेपालको बाटो हुँदै विदेश जान सुझाव दिएपछि उनीहरु नेपाल आएका हुन् । लाइनमा बसेकाहरुले बिभिन्न देशमा जानको लागि टिकट काटिसकेको बताएका छन् । उनिहरुको अनुसार कसैको भोलीको टिकट छ भने कसैको १/२ दिन पछिको टिकट छ । तर दुतावासले एनओसी नदिएपछि उनिहरु विदेश जान पाउने/नपाउनेमा अन्यौल छन् । 


भारतमा कोरोना महामारी बढ्दै गर्दा नेपालमा समेत त्यसको प्रभाव पर्न सक्ने बिज्ञहरुले सचेत गराउंदै गर्दा भारतबाट दैनिक युवाहरुको नेपाल मार्फत विदेश जाने आशामा आईरहेका छन् । यसरी आउनेहरुलाई नेपाल सरकारले व्यावस्थापनमा लापरवाही गर्दा महामारी नियन्त्रणमा प्रभाव पर्ने बताइएको छ । यता बिभिन्न देशले भारतबाट जान रोक्का गरेको अवस्थामा तिनै भारतीय नागरिकहरु नेपालबाट धमाधम विदेश जाँदा नेपालबाट समेत युवाहरु बिभिन्न देशमा जान रोक्का हुने हो कि भन्ने चिन्ता थपिएको छ । 

यसै सम्बन्धमा साझा सबाल मिडियाका सम्पादक अनिल अधिकारीले तयार पारेको स्थलगत रिपोर्टको भिडियो तल हेर्न सक्नुहुनेछ: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!