वैदेशिक रोजगारीमा जानेमध्ये आधा श्रमिक सीप नसिकेरै जान्छन्

Posted on: 21 Mar, 2021

चैत ८, काठमाडौँ । रोजगारीको खोजीमा विदेशिने नेपालीहरुको संख्या पछिल्लो समय बढ्दो क्रममा छ । गत वर्ष कोरोना भाइरसका कारण स्वदेश फर्किनेहरुको संख्या बढेपनि पछिल्लो समय कोरोना भाइरस बिरुद्धको खोप प्रयोगमा आएसंगै रोजगारीको खोजीमा विदेशिने श्रमिकको संख्या बढेको हो । 

आव २०७७/७८ मा फागुन महिनामा अघिल्ला महिनाको तुलनामा विदेशिने नेपालीको संख्या बढी छ । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा महिला र पुरुष गरी कुल वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या १९ हजार ८ सय ८ रहेको छ । 


रोजगारीमा जाने अधिकांश सीप नसिकेका व्यक्तिहरु रहेको विभागको तथ्यांक छ । यसरी स्वदेशमै सीप सिकेर रोजगारीको लागि विदेश जाँदा भने अनुसारको काम र पैसा पाइन्छ भने सीप नसिकेरै विदेशिदा चाहे अनुसारको काम नपाइने,विभिन्न समस्या भोग्नु हुन् सक्छ । त्यसैले रोजगारीको खोजीमा विदेश जाँदा सीप सिकेर नै जानु उपयुक्त हुन्छ । उक्त महिनामा ८ हजार ७ सय १ पुरुष र ६ सय ८ जना महिला गरी कुल ९ हजार ३ सय ९ जना कुनै सीप नसिकेरै विदेशीएका छन् ।

यस्तै सो महिनामै ८ हजार ६ सय ३ जना सिप सिकेर रोजगारीको लागि विदेशिए गएको विभागले जनाएको छ । १६ सय ९७ पुरुष र १ सय ६२ महिला गरी १८ सय ५९ जना अर्धदक्ष व्यक्तिहरु वैदेशिक रोजगारीमा गएका छन् ।

त्यस्तै २३ जना पुरुष र ३ जना महिला गरी २६ जना व्यवसायिक सीप सिकेर रोजगारीका लागि विदेश गएका छन् भने,९ जना पुरुष र २ जना महिला गरी ११ जना व्यक्ति उच्च सीप भएकाहरु रोजगारीका लागि विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउछ ।

सो महिना अदक्ष अथवा सीप नसिकेरै वैदेशिक रोजगारीमा जानेहरुको संख्या सबैभन्दा बढी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!