इटहरीका म्यानपावर शाखा कार्यालयमा विभागको छड्के, अवैध एजेन्टको भागाभाग

Posted on: 12 Feb, 2021

मनोज पराजुली । माघ ३०, काठामाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीका शाखा कार्यालयको अनुगमनलाई तीव्र पारेको छ । विभागको आकष्मिक अनुगमन टोलीले शुक्रबार एकै दिन विभागबाट संचालन अनुमति लिएर इटहरीमा संचालित १० म्यानपावर कम्पनीको शाखा कार्यालयको अनुगमन गरेको छ । 


विभागको अनुमति बिना इटहरीमा संचालनमा रहेको मेमोरिएल ओभरसिज प्रा. लि (लाइसेन्स १५६/०५६/७७) को शाखा कार्यालय शिल गरिएको अनुगमन अधिकृत कुशल बरालले साझा सबाललाई जानकारी दिए । मेमोरिएल ओभरसिजले अवैध रुपमा पासपोर्ट संकलन गर्ने, रकम असुल्ने गरेको पाइएका कारण शिल गरिएको बरालले बताए । त्यस्तैगरी एच आर इन्टर्नेशनल प्रा .लिले अनुमति लिन निवेदन दिएको बताएपनि अनुमति नभेटिएकोले हाललाई  शाखा कार्यालय बन्द गर्न लगाइएको उनले बताए । 


विभागको आकष्मिक अनुगन टोली इटहरीका अवैध एजेन्ट कार्यालमा पुगेपछि गैरकानूनी रुपमा कार्यालय राखेर बसेकाहरु कार्यालय/तथा सटर बन्द गरेर भागेका अनुगमन अधिकृत बरालले साझा सबालालई बताए । विभागमा प्राप्त उजुरीका आधारमा विभागको आकष्मिक अनुगमन टोली शुक्रबार सार्वजनिक बिदाको दिन नै इटहरी पुगेर आकस्मिक अनुगन गरेको हो । अनुमति लिएका म्यानपावर कम्पनीका शाखा कार्यालयमा पनि अनुमति लिएका बाहेक पनि अन्य म्यानपावर कम्पनीका कारोबार भएको पाइएको उनले बताए । 

देशभर २७ म्यानपावर कम्पनीका मात्रै आधिकारिक शाखा, कुन कम्पनीको शाखा कहाँ छ ? (सूचीसहित) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!