उद्योग वाणिज्य महासंघको वैदेशिक रोजगार फोरम विस्तार, समितिमा को को छन् म्यानपावर व्यवसायी ?

Posted on: 11 Feb, 2021

माघ २९, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले महासंघ अन्तर्गत रहेको वैदेशिक रोजगार फोरम विस्तार गरेको छ। महासंघको कार्यकारिणी समितिका सदस्य विष्णु प्रसाद गैरेको सभापतित्वमा गठित वैदेशिक रोजगार फोरम विस्तार भएको हो । फोरमको सहसभापतिमा प्रज्ञान न्यौपाने रहेका छन्।  


फोरमका सदस्यहरूमा कृष्ण पौडेल, संजय निरला, संजय देवकोटा, मोहम्मद जुनैद, मन गुरुङ, विनायक पोखरेल र भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ छन्।फोरमका सल्लाहकारहरूमा किरणकिशोर घिमिरे, रोहन गुरुङ, सुजितकुमार श्रेष्ठ, नवराज केसी र नरेन्द्र ढकाल रहेको महासंघले जनाएको छ।

बिस्तार कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा विप्रेषणको योगदानलाई उच्च मुल्यांकन गरी महासंघले पहिलो पटक वैदेशिक रोजगार क्षेत्रलाई नै हेर्ने गरी वैदेशिक रोजगार फोरम गठन गरेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!