भिजिट भिसामा रोजगारीको लागि युएई नआउन दूतावासको आग्रह

Posted on: 10 Feb, 2021

माघ २८, काठमाडौँ । भिजिट भिसामा रोजगारीको लागि संयुक्त अरब इमिरेट्स नआउन दूतावासको आग्रह गरेको छ । बुधबार एक सूचना जारीगर्दै पछिल्लो समय नेपालीहरु युएई भिजिट भिसामा आएर रोजगारीको खाजी गर्ने गरेको भन्ने जानकारी प्राप्त भएको भन्दै यस्तो भिसामा नआउन दूतावासको आग्रह गरेको हो ।  

बैदशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४ ले बैंदेशिक राजगारीमा जान चाहनेले तोकिएको सरकारी निकायवाट श्रम स्वीकृति लिएर जानुपर्ने व्यवस्था गरेको छ । कानुन अनुसार भिजिट भिसामा आएर रोजगारी गर्न पाइदैन । 

त्यसको लागि श्रम स्वीकृति लिएपछि मात्रै विदेशमा रोजगारी गर्न पाइने व्यवस्था भएपनि भिजिट भिसामा आउने गरेको पाइएको दूतावासले जनाएको छ । यसरी भिजिट भिसामा आउनेहरू ठगीमा परेको, रोजगारी नपाएर अलपत्र परेको वा अन्य विभिन्न समस्या र अष्ट्याराहरूमा समेत पर्ने गरेका छन् । 

भिजिट भिसामा आउने क्रममा ठगीमा पर्ने,आइसकेपछि अलपत्र छोडिदिने वा नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकहरूमा लैजाने तथा मानव तस्करको जालमा समेत पर्न सक्ने जोखिम रहेको छ । 

 'भिजिट भिसामा आउने क्रममा विभिन्न किसिमका ठगीमा पन्ने यहाँ आइसकेपछि, अलपत्र छोडिदिने वा नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकहरूमा लैजाने तथा मानव तस्करको सवालमा समेत पर्न सक्ने जाखिम रहन्छ ।' दूतावासले भनेको छ, 'कसैको ललाइफकाइ वा आश्चासनमा परेर रोजगारीको लागि भिजिट भिसामा यँहा नआउन र यसरी आउन प्रोत्साहन नगर्न सम्बन्धित सबैलाई जानकारीका साथै अनुरोध गरिन्छ ।'

भिजिट भिसामा विदेश आएर कुनै समस्या परेमा,खाने, बस्ने समस्या नभएमा,विरामी परेमा,मृत्यु भएमा,ठरगीमा परेमा वा कुनै कानूनी झमेला परेको खण्डमा वैदेशिक रोजगार कल्याणकारी कोषबाट समेत सहयोग नहुने दूतावासले जनाएको छ । 

अलपत्र परेको वा भनेजस्तो काम नपाएको खण्डमा सम्बन्धित मेनपावर कम्पनी वा अन्य निकायलाई जिम्मेवार बनाउने अवस्था पनि नरहने दूतावासले बताएको छ । 

दूतावासले कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा आउन अनुरोध गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!