साउदी स्थित मागपत्र प्रमाणीकरण सम्बन्धि दूतावासको सूचना

Posted on: 07 Feb, 2021

माघ २५, काठमाडौँ । साउदी स्थित नेपाली दूतावासले दैनिक ३० देखि ३५ वटासम्म मागपत्र प्रमाणीकरण गर्ने भएको छ । कोभिड-१९ संक्रमणको जोखिम कायमै रहेको र संक्रमण बढ्दै गएकाले साउदी सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई मध्यनजर गर्दै दैनिक ३० देखि ३५ वटासम्म मागपत्र प्रमाणीकरण गर्ने भएको हो । 

यस्तै ठूलो संख्यामा कामदार माग भएका तथा कम्पनी भ्रमण गरी थप बुझ्नुपर्ने देखिएका मागपत्रहरुको प्रकृया कोरोना संक्रमणको जोखिम न्यून भएपछि मात्र शुरू गरिने दूतावासले जनाएको छ। दूतावासका अनुसार कोरोना संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गर्दै राजदूतावास चान्सरी परिसरमा अनावश्यक भिडभाड हुन नदिनतत्कालका लागि मागपत्र प्रमाणीकरणसम्बन्धी सबैप्रकारका प्रत्यक्ष भेटघाट बन्द गरिएको छ ।

मागपत्र प्रमाणिकरण सम्बन्धी आवेदनहरू अनलाइनमार्फत पठाउने कार्य जारी राख्न र यस बारे जिज्ञासा भएमा इमेल ठेगाना demandriyadnagmail.com पठाउन दूतावासले आग्रह गरेको छ । कोभिड-१९ का कारण स्थगित भएको कामदार मागपत्र प्रमाणीकरण कार्य माघ ११ (२४ जनवरी २०२१) गतेदेखि पुनः संचालनमा ल्याइएको थियो । मागपत्र प्रमाणीकरणका लागि अनलाइन प्रणाली (https://demand.nepalembassy.gov.np) बाट आवेदनहरु दिन सकिने छ । 

हाललाई एकैपटक धेरै संख्यामा आवेदनहरू आएकाले ती आवेदनलाई प्रकृयामा लगेर टुङ्ग्याउन अरू केही समय लाग्ने दूतावासले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!