माघ २३, काठामाडौं । वैदेशिक रोजगार विभागले युएई जान लागेका युवासँग अवैध शुल्क लिने ग्रीन स्टार ओभरसिज प्रा. लि. मा छापा मारेको छ । विभागको आकस्मिक अनुगमनमा खटिएको टोलीले ग्रीन स्टारका संचालक सुरज थापाले युएई जान लागेका २ युवाबाट १ लाख ९० हजार नगद लिएको अवस्थामा उनकै टेवलबाट बरामत गरेको हो ।
दोलखाका ३ युवाले दिएको विभागमा दिएको उजुरीका आधारमा विभाग टोली म्यानपावर कार्यालय पुग्दा संचालक थापा र तीन युवा संगै भेटिएका थिए । तीन जनानै युएईको एक कम्पनीमा क्लिनर कामको लागगि जान लागेका भएपनि रकम अभावका कारण २ जनाले मात्र नगद बुझाएका थिए ।
ग्रीन स्टारले आफ्नो कम्पनीबाट आएको डिमाण्डमा नभई अन्य म्यानपावर कम्पनीको नाममा श्रम स्वीकृति निकालेको पाइएको विभागका अनुगमन अधिकृत कुशल बरालले साझा सवाललाई जानकारी दिए । ग्रीन स्टारलाई आइतबार आवश्यक कागजात सहित विभाग उपस्थित हुन पत्र काटेको छ । उजुरी गर्ने तिनै जना युवालाई सरकारले तोकेकै लागतमा युएई पठाउने र अवैध रकम अशुलिमा संलग्न म्यानपावरलाई आवश्यक कारवाही गरिने बरालले साझा सवाललाई जानकारी दिए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!