कतारमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on: 04 Feb, 2021

माघ २२, काठमाडौँ । कोरोना भाइरस (COVID-19) संक्रमणको बढ्दै गएपछि कतारले स्वास्थ्य शुरक्षाका मापदण्ड सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेका उक्त मापदण्डहरुलाई पालना गर्न कतार स्थित नेपाली दूतावासले अनुरोध गरेको छ । 

कोभिड संक्रमणको संख्या निरन्तर वृद्धि भएपछि कतारको संकट व्यवस्थापनको लागि सर्वोच्च समितिले बुधबार पत्रकार सम्मेलन गरी आजदेखि लागुहुने गरी कतारमा बस्ने सबैले पालना गर्नु पर्ने सतर्कता र सुरक्षाका विभिन्न प्रकारका उयायहरु सार्वजिनक गरेको हो । 

घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने,कुनै पनि कामका लागि बाहिर निस्कँदा चालु अवस्थामा रहेको EHTERAZ application हुनै पर्ने,घर भित्र वा बन्द स्थानमा ५ जना र खुल्ला स्थानमा १५ जना भन्दा वढी भेला हुन नपाईने, कतारभित्र रहेका सबै सार्वजनिक पार्क,सार्वजनिक तटहरू, कर्निस लगायत अन्य सार्वजनिक कुनै पनि प्रकारका सामाजिक जमघट १५ जना भन्दा बढी भेला हुन नपाईने, सवारी साधनमा चालकसहित ४ जना भन्दा बढी यात्रा गर्न नपाईने जस्ता मापदण्ड जारी गरेको छ ।

सरकारले उक्त मापदण्ड  पालना भए/नभएको अनुगमन गर्ने र सतर्कता र सुरक्षाका प्रावधानहरु उल्लंघन भएको पाइएमा उल्लंघनकर्तालाई कानूनबमोजिम कतारी रियाल २ लाख सम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेको छ ।

साथै राजदूतावासबाट प्रदान गरिने सेवाहरु मध्ये आफै उपस्थित भएर लिनु पर्ने सेवा बाहेक अन्य जानकारी फोनबाटसमेत लिन सकिने र राजदूतावासको वेवसाईट र फेशवुक पेजमासमेत नियमित सूचनाहरु प्रवाह गरिने दूतावासले जनाएको छ ।

No description available.

यस बिषयमा तपाइको प्रतिक्रिया...!