विदेशमा काम लगाई दिने भन्दै मानव बेचबिखन गर्ने पक्राउ

Posted on: 11 Jan, 2021

पुस २७, काठमाडौँ | गैरकानुनी रुपमा श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने एक जना फरार अभियुक्त पक्राउ परेका छन् | शुक्रबार प्रहरीले झापा बुद्वशान्ती गाउँपालिका-२ घर भएका अमृत नेपाल भन्ने ४१ वर्षीय अमृत बहादुर विश्वकर्मालाई पक्राउ गरेको हो |

प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले विश्वकर्मालाई घर वतनबाट पक्राउ गरेको जनाएको छ | प्रहरीका अनुसार उनले २४ वर्षीया महिलालाई बेचबिखन गर्ने उद्देश्यले विभिन्न प्रलोभनमा पारी कुवेतमा घरायसी काममा लगाई दिने भन्दै काकडभिट्टा, सिलगुडी, भारतको नयाँदिल्ली, मुम्बई, चेन्नई हुँदै श्रीलंका पुर्‍याई त्यहाँका एजेन्टहरुको घरमा बन्धक बनाएका थिए |

श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन । अमृत उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!