युएईमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on: 10 Jan, 2021

पुस २६, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना भाइरसको संक्रमण फैलिएकाले उच्च सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ | पछिल्लो समय युरोपमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार युएइमा पनि फैलिएको हुँदा उच्च स्वास्थ्य सतर्कता अपनाउँन दूतावासले अनुरोध गरेको हो |

युएइको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार शनिबार मात्रै एकै दिन २,९९८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ | कोभिड-१९ को यो नयाँ स्वरूप अझ बढी संक्रामक रहेको बताइएको छ | युएइ सरकारले अवलम्बन गरेबमोजिमका स्वास्थ्य प्रोटोकलहरूको पूर्ण परिपालना गरी उच्च सुरक्षा एवं सतर्कता अपनाउँन दूतावासले आग्रह गरेको छ |

कोभिड-१९ संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्ने, सामाजिक जमघट, भीडभाड आदिबाट टाढै रहने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, मास्क एवं स्यानिटाइजरको नियमित प्रयोग गर्नेलगायतका कार्यहरू नियमित एवं अझ प्रभावकारी रूपमा पालना गर्न दूतावासले भनेको छ | 

युएइ सरकारले कोभिड-१९ विरुद्धको खोप सातै इमिरेट्सहरूका तोकिएका स्वास्थ्य केन्द्रहरूमा युएइमा बसोबास गर्ने सम्पूर्ण व्यक्तिहरूका लागि नि: शुल्क रूपमा उपलब्ध गराइरहेको जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!