अनलाइन पुनः श्रम स्वीकृति लिन पासवर्ड वा इमेल बिर्सिनुभयो ? यसरी गर्नुस् पासवर्ड ‘रिसेट’

Posted on: 08 Jan, 2021

पुस २४, काठमाडौं । यदि तपाई अनलाइनबाट पुनः श्रम स्वीकृति लिन लाग्नुभएको छ र पासवर्ड वा इमेल बिर्सिनुभएको छ भने नआत्तिनुहोस् ।

अनलाइन पुनः श्रम स्वीकृतिको लागि सेवाग्राही आफैले आवेदन गरी श्रम स्वीकृति लिन सक्ने व्यवस्था भएकाले पहिले फारम भर्दाको एफईआईएमएस युजर अकाउन्टबाटै आवेदन दिनुपर्ने हुन्छ । तपाईले एफईआईएमएस युजर अकाउन्टको पासवर्ड बिर्सिनुभएको छ भने फोर्गेट पासवर्डमार्फत पासवर्ड प्राप्त गर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

तर यदि एफईआईएमएस युजर अकाउन्टको इमेल ठेगाना वा मोबाइल नम्बर गलत प्रविष्ट गरिएकाले पासवर्ड रिकभर हुन नसकेमा भने पासवर्ड रिसेट गर्नुपर्ने विभागले जनाएको छ । त्यसको लागि काठमाण्डौमा रहेको वैदेशिक रोजगार कार्यालय, प्रदेशमा रहेका श्रम कार्यालय, गन्तव्य देशमा रहेका नेपाली कुटनीतिक नियोगबाट निवेदनको ढाँचा प्राप्त गरी रिसेट गर्न सकिने विभागले जनाएको छ ।

निवेदनको ढाँचा वैदेशिक रोजगार विभागबाटै पनि प्राप्त गर्न सकिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!