युएईबाट नेपाल यात्रा गर्दा अरुको समान नबोक्न दूतावासको आग्रह

Posted on: 08 Jan, 2021

पुस २४, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल यात्रा गर्दा अन्य व्यक्तिका सुनलगायतका बहुमूल्य वस्तुहरू साथमा नबोक्न दूतावासले आग्रह गरेको छ |

यसरी अन्य व्यक्तिका बहुमूल्य वस्तुहरू बोकेर यात्रा गर्दा कानुनी सजायको भागीदार हुनुपर्ने भएकाले यस्तो कार्य नगर्न दूतावासले आग्रह गरेको हो |

'आफ्नो स्वामित्व नभएको, खरिद बिल नभएको सुनलगायतका बहुमूल्य धातुहरू एवं ल्यापटप, मोबाइलजस्ता अन्य महँगा इलेक्ट्रोनिक सामानहरू नेपाल जाने क्रममा साथमा राखी लैजाँदा त्यस्तो सामान जफत हुने र कानुन बमोजिम कारबाही हुन्छ', दूतावासले जारी गरेको सूचनामा भनिएको छ,'अन्य व्यक्तिको आग्रह वा प्रलोभनमा परी आफ्नो स्वामित्व नभएका बहुमूल्य वस्तुहरू साथमा राखी नेपाल यात्रा नगर्न/ नगराउनुहुन सबैमा अनुरोध गर्दछौ ।'

यस बिषयमा तपाइको प्रतिक्रिया...!