अमेरिका-जापान पठाइदिने भन्दै नक्कली विवाह, डेढ करोड ठगि गर्ने विद्या सरकार प्रहरी हिरासतमा

Posted on: 08 Jan, 2021

पुस २४, दैलेख | दैलेखका विभिन्न व्यापारी र व्यवसायीहरूबाट डेढ करोडभन्दा बढी ठगी गर्ने एक युवती प्रहरी अनुसन्धानमा तानिएकी छन् । सुनसरीको इटहरी उपमहानगरपालिकाकि विद्या सरकार नाम राखेकी २४ वर्षीया विद्या शर्मालाई प्रहरी हिरासतमा राखि अनुसन्धान सुरु गरेको हो । 

स्थानीय तहसँगको समन्वयमा ति युवतीले कोरोना (कोभिड–१९) रोकथामका लागि ८० लाख बराबरको सामान उधारोमा खरिद गरेर वितरण गरि स्थानीयलाई प्रभावमा पारेकी थिइन् । उनले सो काम गर्ने क्रममा युवाहरुसँग नक्कली बिबाह गरि अमेरिका र जापान पठाइदिने  भन्दै ८० लाख बराबरको ठगि समेत गरेको पाइएको छ । पिडितहरुले दिएको उजुरीको आधारमा प्रहरीले युवतीलाई पक्राउ गरेको थियो । 

अन्तर्राष्ट्रिय रेडक्रसको नेपाल प्रतिनिधि भएको बताउने ति युवतीले कोरोना रोकथामका लागि राहत बाँडेको स्थानीयलाई बताउने गरेकी थिइन । उनले सोहि प्रभावमा पारि दैलेखका १० जना युवालाई अमेरिका पठाइदिने भन्दै ८० लाखभन्दा बढी असुलेको र झण्डै त्यति नै मूल्यका सामग्री राहतको नाममा उधारोमा लिएर बाँडेको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ । 

युवती विरुद्ध सुनसरी, झापा लगायत जिल्लामा समेत उजुरी परेको थियो । तर दैलेख प्रहरीको पहलमा उनलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरी हवाई जहाजबाट सुर्खेत हुँदै दैलेख लगिएको छ । 

युवतीले एक युवालाई फेसबुकमा साथी बनाएर तिनै युवकको घरमा बस्दै कोरोना र पहिरो पीडित परिवारहरूलाई राहत बाँडेको नाममा ठगिको जाल फैलाएको बुझिएको छ । साथै आफु बसेको घरको पारिवारिक राजनीतिक पहुँचको आडमा ठगी गरेको खुलेको छ । 

ठगिधन्दा अघि उनले आफू सिंगापुर रेडक्रस सोसाइटीको सीईओ बताउँथिन् । कर्मचारी भन्दै अरु दुई जनालाई पनि दैलेख लगेकी थिइन् । उनको फेसबुक प्रोफाइलले ठूलै मान्छे हुन् भन्ने भ्रम छर्नलाई थप बल पुर्याएको थियो । उनले पूर्वराजा, शीर्ष नेता, कलाकारदेखि प्रहरीसँग खिचेका फोटा फेसबुकमा पोस्ट गरेकी छन् । जसलाई हेरेर पनि युवाहरु उनको फन्दामा परेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!