साउदीमा रहेका नेपालीहरुलाई दूतावासको जरुरी सूचना

Posted on: 05 Jan, 2021

पुस २१, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले हासामा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ | राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय संचालन गरिने भएको हो |

आउँदो शुक्रबार ०८ जनवरी २०२१ अल हासा स्थित लब्बैक होटल निजकै (मज्रा बोक्शा) मा विहान ९ बजे देखि अस्थायी कार्यालय राखिने दुतावासले जनाएको छ | राहदानी आवेदनका लागि आउँदा सक्कल राहदानी,राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति,नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी) ल्याउन दुतावासले अनुरोध गरेको छ |

दूतावासका अनुसार राहदानी दस्तुर साउदी रियाल- २०० लाग्ने छ | राहदानी हराएको, कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४०० लाग्ने छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!